बिर्तामोड , माघ २९ । बिर्तामोड ८ मा रहेको हाम्रो शिखर कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः घनेन्द्रकुमार पाण्डे(जिपी) निर्वाचित भएका छन् ।

आज भएको संस्थाको १३ औं वार्षिक साधारणसभाबाट पाण्डे पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । त्यस्तै नयाँ कार्यसमितिको उपाध्यक्षमा ज्योति मिश्र,सचिव युवराज गौतम,कोषाध्यक्ष ः अनुप सापकोटा तथा सदस्यहरुमा निश्चल पाण्डे, कल्पना भट्टराई, उज्वल गुरागाई,यादव रिजाल, यादव पोखरेल रहेका छन् । त्यस्तै लेखा सुपरीवेक्षण समिति पनि निर्माण गरिएको छ । रुद्र दंगाल संयोजक रहेको समितिको सदस्यहरुमा खेमकुमारी श्रेष्ठ र सबिना दाहाल रहेका छन् ।नयाँ कार्यसमिति चयन गर्न बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको संयोजकत्वमा गोविन्द दाहाल र गोविन्द गौतम सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

संस्थाका अध्यक्ष पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख अतिथि सहकारी अधिकृत दाहालले उद्घाटन गरेका थिए ।कार्यक्रममा पाण्डेले अध्यक्षको प्रतिवेदन र लेखा समिति संयोजक योगेन्द्र भट्टराईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सल्लाहकारहरु किशोर भट्टराई , गोवन्द दाहालले पनि शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट ऋणी नविन विष्ट , विकास राई , उत्कृष्ट बचतकर्ता राजकुमार संग्रौला , उत्कृष्ट कृषक सोभितकुमार तिवारी , उत्कृष्ट कर्मचारीहरु व्यवस्थापक आशिष खरेल ,सह व्यवस्थापक होमप्रसाद मिश्र , क्यासियर प्रशंसा प्रसाई , कार्यालय सहायक सुभद्रा खड्का , बजार प्रतिनिधिहरु नरनाथ मैनाली , संजु रोक्कालाई पुरस्कृत गरिएको थियो । सह व्यवस्थापक होमप्रसाद मिश्रले स्वागत गरेको कार्यक्रमको संचालन सचिव युवराज गौतमले गरेका थिए ।१ करोड ४७ लाख ७९ हजार रुपैयाँ चुक्ता शेयर पुँजी रहेको संस्थाको निक्षेप ४ करोड ५९ लाख ५० हजार ५५ रुपैयाँ रहेको छ । त्यस्तै ऋण लगानी ५ करोड ५९ लाख १६ हजार ६३८ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्