झापा, फागुन १ ।लेखक चन्द्रप्रसाद घिमिरेद्वारा लिखित ‘श्रीमद् भागवत महापुराण ’ नेपालीमा अनुवाद गरिएको किताब विमोचन भएको छ ।

उक्त पुस्तकको सोमबार एक कार्यक्रमका बीच पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमोचन गरेका हुन् ।

शिवसताक्षीस्थित झिलझिलेमा रहेको वाटर किङडम पार्कमा सोमबार आयोजित आदिवासी जनजातिहरुले आयोजना गरेको सांस्कृतिक महोत्सवमा एमाले अध्यक्ष ओलीले घिमिरेले लेखेको पुस्तक सार्वजनिक गरेका हुन् । उनले घिमिरेले लेखेको महापुराण पुस्तकको चर्चासंगै महत्वका बारेमा दर्शाएका थिए ।

संस्कृत भाषामा उल्लेखित श्रीमद् भागवत महापुराणलाई नेपालमै पहिलो पटक जस्ताको त्यस्तै नेपालीमा अनुवाद गरेर ‘सचित्र भाषा टीकामा ’ प्रकाशन गरेको लेखक घिमिरेले जानकारी दिए । संस्कृत भाषा सबैले नबुझ्ने भएको , संस्कृत भाषा पढे पनि धेरैले त्यसको अर्थ नबुझ्ने भएको र भावी पुस्ताको संस्कृत भाषाप्रति रुचि घट्दै गएको सन्दर्भमा लोप हुन लागेको भन्दै यसको महत्व र अर्थ बुझाउन पनि नेपालीमा पहिलो पटक स्लोकद्वारा लेखिएको श्रीमद् भागवत महापुराण तयार गरिएको घिमिरेले बताए ।

हिन्दु समाजका लागि एकदमै आवश्यक धार्मिक पुराणहरु मध्येको श्रीमद् भागवत महापुराण शिरोमणी भएका कारण पनि नेपालीमा श्लोक बनाएर लेखेको घिमिरेको भनाई छ । उनका अनुसार १४५० पृष्ठ लामो पुस्तक लेख्नका लागि झण्डै ३ बर्ष समय लागेको थियो । पुस्तकको बजार मूल्य १ हजार ५ सय १५ रुपैयाँ रहेको छ ।
कार्यक्रममा पुस्तक तथा लेखकको बारेमा संक्षिप्त जानकारी पण्डित प्रकाशचन्द्र रिजालले दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्