झापा, फागुन २ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत नामिबियाविरुद्धको पहिलो खेलमा सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमा नै विकेट लिन सफल भएका छन् ।

लामिछानेले कार्ल बिर्केनस्टकलाई आफ्नो शिकार बनाएका हुन् । खेलको ११ औँ ओभरमा बलिङ गर्न आएका लामिछानेले १३ रन बनाएका कार्ललाई बोल्ड गरेका छन् । योसँगै ४५ रनको स्थितिमा नामिबियाले २ विकेट गुमाएको छ । यसअघि सोमपाल कामीले ओपनर लो-हान्ड्रे लौरेन्सलाई आउट गरेका थिए । नाबालिगमाथिको बलात्कार मुद्दा छिनोफानो नभई लामिछानेलाई राष्ट्रिय टोलीमा समावेश गरेको भन्दै नेपाल क्रिकेट संघको आलोचना भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्