एजेन्सी । अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ ले अहिले राम्रो व्यवसाय गरिरहेको छ ।

JAWAN

‘पठान’को सफलतापछि उनी अहिले शाहरुख फिल्म ‘जवान’ को प्रतीक्षामा छन् । फिल्ममा अहिले साउथ सुपरस्टार अल्लु अर्जुन जोडिएका छन् । मिडिया रिपोटका अनुसार अल्लु अर्जुन फिल्मको केमियो भूमिकाको लागि जोडिएका हुन् । अल्लु अर्जुनको यसै फिल्मबाट बलिउड डेब्यु हुनेछ । शाहरुख र अल्लु अर्जुन एकसाथ देखिने कुरोले दुबैका फ्यानमा उत्साह बढेको छ । फिल्ममा शाहरुख र अल्लु अर्जुनको सहकार्यले बक्स अफिसमा धेरै रेकर्ड तोड्न सक्छ । यस विषयमा निर्माण युनिट र अल्लु अर्जुन दुबैको तर्फबाट आधिकारिक धारण आउन बाँकी छ । ‘जवान’को केही अगाडि एक लुक बाहिर आएको थियो । जसमा शाहरुखको अनुहार पुरै ब्याण्डेजले बाँधिएको थियो । एटली कुमारको निर्देशक रहेको यो एक्शन थ्रिलर फिल्ममा शाहरुखका अलावा नयनतारा, प्रियमणि र विजय सेतुपति मुख्य भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्