झापा , फागुन ३ । मोरङको सुन्दरहरैचा नगरपालिका-१० खोर्साने चोकबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार अपरान्ह साढे ४ बजे खोर्साने चोकमा फास्टफुट संचालन गरी बस्दै आएका २८ बर्षीय सुरज थापा मगरले लागूऔषध सेवन तथा बिक्रिबितरण गर्दै आईरहेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा उनको साथबाट २.२८ मिलिग्राम ब्राउनसुगर र १ थान मोबाईल फेला पारी पक्राउ गरेको हो । ब्राउनसुगरसहित पक्राउ परेका मगरको ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्