झापा, फागुन ८ । मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटना परी २ जनाको मृत्यु भएको छ ।

साथै दुईजना घाइते भएका छन् । सुन्दरहरैचा- ५मा भित्री सडक खण्डमा प्रदेश १-०२-०४७ प २८२४ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका स्कुटर चालक सुन्दरहरैचा- ५ का ५० वर्षीय चक्रबहादुर श्रेष्ठको विराटनगर स्थित विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै विराटनगर-४ स्थित राजमार्गमा प्रदेश १-०२-०४२ प ६०४९ नम्बर र लु १८ प ५४५६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा विराटनगर-४ का २६ वर्षीय प्रकाश महतको उपचारको क्रममा नोबेल अस्पतालमा मृत्यु भएको छ । घाइते भएका विराटनगर-५ का २४ वर्षीय अमन खान र अर्घाखाँची सन्धिखर्कका ४८ वर्षीय बिष्णु परियारको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्