झापा , फागुन १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय समितिको बैठकले सरकारको समर्थन कायम राख्ने निर्णय गरेको हो ।

राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भन्नेबारे भने अझै निर्णयमा नपुगेको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । सरकारमा सहभागी रहेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने समर्थन फिर्ता लिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्