झापा, फागुन १६ । ईलामको माई नगरपालिका-१० लुम्बाकमा रुख काट्ने क्रममा रुख ढलि रुखले किचिदा एकजनाको मृत्यु भएका छ भने एकजना घाईते भएका छन् ।

सोमबार दिउँसो १२ बजे फलेदोको रुख काट्ने क्रममा रुख ढलि किचिदा घाईते भएका महोत्तरी बर्दिबासका २८ बर्षीय हेमराज भुजेललाई उपचारको लागि बि एण्ड सि अस्पताल झापा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको र मोरङ पथरी शनिश्चरेका २२ बर्षीय बिज्ञान मगरको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्