झापा, फागुन १७ । सुनसरीको इटहरीमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

मोटरसाइकल चालक उदयपुरको बेलका नगरपालिका-९ का ३१ वर्षीय विनोद तिमल्सिनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार राति करिब पौने १० बजे प्रदेश १-०१-००१ ख ४१७१ नम्बरको ट्रक र स५प ७८८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्