भद्रपुर ,फागुन २४ । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसमा चन्द्रगढी सेवा समाजले दुईजनालाई सम्मान गरेको छ ।

पातालकाली भगवती मन्दिरमा बुधवार आयोजित कार्यक्रमका बीच स्थानीय ८८ बर्षिया आमा कमलामाया बस्नेत र भद्रपुर ९ निवासी संजु चम्लागाँईलाई असल बुहारीको रुपमा सम्मान गरिएको हो ।

उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि भद्रपुर नगरपालिकाकी निवर्तमान उपप्रमुख तथा समाजसेवी चन्द्रमाया श्रेष्ठले दोसल्ला ओढाउनुका साथै प्रशंसापत्र प्रदान गरेकी थिइन् । संस्थाका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीवन लम्साल, सन्जु चम्लागाँई , अधिवक्ता सन्जु रेग्मी , दिलकुमार राईलगायतले मन्तव्य राखेका थिए । अध्यक्ष अधिकारीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत सचिव दिपबहादुर राउत र संचालन उपाध्यक्ष देवीमाया अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्