एजेन्सी । चीनले कोभिड-१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ ।

बुधबारदेखि विदेशीलाई भिसा जारी गरिने विदेश मन्त्रालयले जनाएको छ । महामारी नियन्त्रण गर्न सरकारले केही महिनाअघिसम्म कठोर ‘शून्य कोभिड रणनीति’ अवलम्बन गरेको थियो । सरकारको पछिल्लो निणर्यले बाहिरी संसारका निम्ति चीन पुनः खुलेको छ । चिनियाँ विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्युरोसँग सम्बद्ध सामाजिक सञ्जालमार्फत जारी गरिएको सूचनाअनुसार नयाँ भिसा आवेदनको समीक्षा र स्वीकृतिका साथै सन् २०२० मार्च २८ अघि जारी गरिएका तर म्याद नगुज्रिएका भिसावाहकले पुनः चीनमा प्रवेश गर्न पाउनेछन् । राष्ट्रसंघीय विश्व पर्यटन संगठनका अनुसार महामारी प्रारम्भ हुनुअघि अर्थात् सन् २०१९ मा ६ करोड ५७ लाख अन्तर्राष्ट्रिय पर्यटकले चीन भ्रमण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्