झापा , चैत्र २ । हास्य कलाकार जीतु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ आजदेखि प्रसारणमा आउने भएको छ ।

कलाकार जीतु नेपालले शो आजदेखि प्रसारण हुने जानकारी गराएका हुन् । नेपालले शोको पहिलो अतिथिको रुपमा अभिनेता प्रदीप खड्कालाई लिएका छन् । सामाजिक संजालमा शो सुटिङको एक तस्बिर पोष्ट गर्दै उनले सल्लाह र सुझावको अपेक्षा गरेको बताएका छन् । कान्तिपुर टेलिभिजनबाट साँझ प्रसारणमा आउन लागेको शो जीतुले ‘कि एडभटाइजिङ’ सँगै मिलेर निर्माण गरेका हुन् । शोको यो नयाँ सिजनको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहेकी छन् । यसअघि शोको अध्यक्षमा दीपाश्री निरौला र त्यसपछि करिश्मा मानन्धर रहेका थिए । अब सुरु हुने शोमा अध्यक्ष मात्र नभएर केही कलाकार समेत नयाँ हुनेछन् । जसमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ रहेका छन् । सुमन गिरी भाञ्जा कार्यक्रम संयोजक रहेको शोको निर्देशक दिनेश डिसी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्