झापा, चैत ३ । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ ।

क्याम्पस प्रशासन र निर्वाचन समितिले संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गरी असहज परिस्थितिका कारण तत्कालका लागि निर्वाचनको वातावरण नभएको जनाउँदै चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित गरिएको जनाएका छन् ।

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अराजक र अमर्यादित गतिविधिका कारण निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले पत्रकार सम्मेलनमा बताए ।
‘निर्वाचन गराउने नाममा विद्यार्थीहरूबीच झडपको अवस्था देखेर निर्वाचन स्थगित गरियो,’उप्रेतीले भने ,‘क्याम्पसको बोर्ड जलाउने, तोडफोड र आगजनी गर्ने विद्यार्थी समूहको अगुवाई गर्ने विद्यार्थीहरू सन्तोष धमला र सन्देश पौडेललाई तीन महिनाका लागि क्याम्पसबाट निलम्बन गर्ने निर्णय गरिएको छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्