वरतलाल राजवंशी,
कुमरखोद ।झापा गाउँपालिकाको न्यायिक समितिमा ८ महिनाको अवधिमा ६२ वटा मुद्धा दर्ता भएका छन् ।

न्यायिक समितिको अभिलेख अनुसार २०७९ सालको साउन १ गतेदेखि फागुन मसान्तसम्म ६२ वटा निवेदन दर्ता भएका हुन् ।समितिले ६२ वटा मुद्धामध्ये ४२ वटा किनारा लगाएको छ भने २० वटा मुद्धा मिलाउन बाँकी रहेको न्यायिक समितिका संयोजक अन्जुदेवी थपलियाले बताइन् ।
न्यायिक समितिमा सहमति भई किनारा लागेका मुद्धाहरुमा बाली नोक्सानी १ , लेनदेन ७ , सिमाना विवाद १५ , लैङ्गिक हिंसा १ , ज्याला मजदुरी विवाद २, पारिवारिक झगडा ११ , अंशवण्डा , २ , सार्वजनिक वाटो १ , धितोपास विवाद १ , मन्दिरको जग्गा अतिक्रमण एउटा रहेको न्यायिक समिति सदस्य बालकृष्ण सिटौलाले बताए ।

न्यायिक समितिले स्थानीय स्तरमा हुने विवादहरु खासगरी देवानी प्रकृतिका मुद्धाहरु मिलाउने गर्दछ । देवानी प्रकृतिका मुद्धाहरु अंशवण्डा , साँध मिचिएको , घरेलु भैm–झगडा , गाली बेईज्जती , लेनदेनजस्ता समस्याहरु आउने गरेको न्यायिक समितिका सदस्य राजकुमार कोचले बताए। न्यायिक समितिका संयोजक थपलियाले दुवै पक्षको कुरा सुनेर न्याय दिने गरेको बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्