एजेन्सी । क्रिस्टियानो रोनाल्डोले ३० यार्ड टाढाबाट गरेको उत्कृष्ट फ्रिकिक गोलको मद्दतले अल नासरले साउदी प्रो लिगमा पुनरागमन जीत निकाल्न सफल भएको छ ।

शनिबार भएको खेलमा अल नासरले अभालाई २-१ गोलअन्तरले पराजित गरेको हो । अल नासर १-० ले पछि परेको स्थितिमा रोनाल्डोले खेलको ७८ औँ मिनेटमा फ्रिकिकबाट गोल गर्दै खेल बराबरी गरेका थिए । पोर्चुगिज स्टारको नयाँ क्लबका लागि यो नवौँ गोल थियो । त्यसपछि ब्राजिलियन स्ट्राइकर एन्डर्सन टालिस्काले खेलको अन्त्यतिर पेनाल्टीबाट गोल गर्दै टोलीलाई जीत दिलाए । रोनाल्डो अब अन्तर्राष्ट्रिय खेलका लागि पोर्चुगल फर्किनेछन् । युरो २०२४ को छनोट र लिच्टेन्स्टाइन र लक्जम्बर्गविरुद्धको खेलका लागि नयाँ प्रशिक्षक रोबर्टो मार्टिनेजले उनलाई राष्ट्रिय टोलीमा समावेश गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्