झापा , चैत्र ५ । बाजुरामा विद्यार्थीको चुनावमा झडप भएको छ ।

आज (आइतबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयलाई लिएर जिल्लाको बुढीनन्दा क्याम्पसमा झडप भएको हो । प्रहरीका अनुसार विद्यार्थीहरूबीच झडप भएपछि त्यहाँ अहिले मतदान रोकिएको छ । नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको वाम-लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरूबीच झडप भएको हो । स्ववियु निर्वाचन मतदानको क्रममा दुई पक्षबीच झडप हुँदा मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए। मतदानको क्रममा दुई पक्षबीच झडप भएपछि प्रहरीले भिड नियन्त्रण गर्नका लागि अश्रुग्यास प्रहार गरेको डीएसपी बोहोराले बताए । बोहोराले अहिले बैठक बसेर मतदान पुनः सुरु गराउन पहल भइरहेको जनाए । यस्तै झडपमा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणममा समेत लिएको जनाएको छ । आज बिहानैदेखि दुवै पक्षको बीच लगातार चर्काचर्की भइरहेको थियो । सो क्याम्पसका ४ सय १२ जना मतदाता छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्