झापा , चैत्र १० । राष्ट्रिय तथ्यांक कार्यालयले १८ वर्षभन्दा कम उमेरका कुल ९८ लाख ६९ हजार ५८३ बालबालिका रहेको जनाएको छ ।

शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूणर् विवरणमा यी बालबालिका संख्यामध्ये सबैभन्दा बढी ७७.९ प्रतिशत बालबालिका आमाबाबु दुवैसँग बस्ने गरेको उल्लेख छ । आमासँग मात्र बस्ने बालबालिका १७.१ प्रतिशत र बाबुसँग मात्र बस्ने बालबालिका १ प्रतिशत रहेको कार्यालयले जनाएको छ । अन्य नातेदारसँग बस्ने बालबालिका ३ प्रतिशत रहेको जनगणना विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्