बिर्तामोड, चैत १२ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना फेरि बिर्ताबजारमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ईलाम चुलाचुली गाउँपालिका वडा नं.४ बस्ने २७ वर्षिय सुरेश लिम्बू रहेका छन् । आइतवार साँझ ७.१५ बजे बिर्तामोड नगरपालिका वडा नं.३ पुण्डरी चौकमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले लिम्बूलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट१६ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि गत सोमवार मात्र ब्राउनसुगरसहित अर्का एकजना बिर्ताबजारमा पक्राउ परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्