झापा , चैत्र १५ । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले झापाको हल्दिवारी गाउँपालिकामा तालाबन्दी गरेको छ ।

संघर्ष समितिले हल्दिवारी गाउँपालिका कार्यालय र त्यहाँको पाँचवटै वडा कार्यालयमा तालाबन्दी गरेको हो । वडा कार्यालयमा तालाबन्दी गरिसकेपछि केहीबेर अघि गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको १ नं प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिका संयोजकसमेत आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले बताए । आन्दोलनकारीहरुले तालाबन्दी गरेर गइसकेपछि ताला फुटाएर कामकाज सुचारु गरिएको जनाइएको छ ।


संघर्ष समितिले चैत १४ देखि १७ गतेसम्म प्रदेशभरिका स्थानीय तहका कामकाज ठप्प गराउने घोषणा यसअघि नै गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्