झापा , चैत १५ । भारत तस्करी गर्न लागिएको पाँचवटा चौपाया प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधवार बिहान ५ बजेको समयमा ईलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ६ मा ३ वटा गाई, एउटा बाच्छी र एउटा बाच्छा अवैध रुपमा भारततर्फ लाँदै गर्दा फेला पारेको नियन्त्रणमा लिएको हो ।
ती चौपाया आवश्यक संरक्षणको लागि शिवसताक्षी नगरपालिका वडा नं. ११ मा रहेको शिवसताक्षीधाम गौशाला पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।