बिर्तामोड , चैत १५ । झापाको बिर्तामोडमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय बिर्ताबजारले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार बिर्तामोड नगरपालिका प्रमुख पवित्रादेवी महतारा प्रसाईंको प्रमुख आतिथ्य र जीवन विकास लघुवित्त वित्तीय संस्था केन्द्रीय कार्यालय कटहरीका संस्थागत तथा सामाजिक विकास विभागीय प्रमुख बिजयकुमार मन्डलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सदस्यहरुसँग अन्तरक्रिया गरिनुका साथै वित्तीय साक्षरता प्रदान गरिएको थियो । अति विपन्न ५ जना परिवारका बालबालिकाहरुलाई पठनपाठनका लागि १ वर्षसम्म सहयोग गर्ने जानकारीसहित छात्रवृत्ति प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्तिम सत्रमा उत्कृष्ट अधिकृत टेलर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उद्यमी र उत्कृष्ट केन्द्रहरुलाई पुरस्कृत गरिएको थियो ।कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मदन बुढाथोकी, वडा नं. ४ का वडा अध्यक्ष राहुलकुमार शर्माको विशिष्ट आतिथ्यता रहेको थियो । यस्तै संस्थाको केन्द्रीय कार्यालयमा कार्यरत लघुवित्त विभाग प्रमुख मनोजकुमार साह, ईलाका प्रहरी कार्यालय अनारमनीका ईन्चार्ज डीएसपी सुरज कार्की, बिर्तामोड ६ का वडा सदस्य शोभा विश्वकर्मा, शाखाका पहिलो सदस्य अनिता मैनाली, केन्द्र नं.३१ की बरिष्ठ केन्द्र प्रमुख तेजकुमारी खड्का, जिल्ला प्रमुख सुजनकुमार मन्डल र बिर्ताबजार शाखाका प्रमुख युवराज खड्काको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्