झापा, चैत १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जितेर प्रमुख भएका झापाका दुई पालिकाहरुले आज रामनवमीमा स्थानीय विदा दिएका छन् ।

दमक नगरपालिका र हल्दिवारी गाउँपालिका कार्यालयले रामनवमी पर्वको अवसरमा आज स्थानीय विदा दिएका हुन् ।
दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले सूचना जारी गरी हिन्दु धर्मावलम्बीहरुको महान पर्व रामनवमीका अवसरमा दमक नगरपालिका कार्यालय र त्यसअन्तर्गत रहेका वडा कार्यालय , स्वास्थ्य संस्था र विद्यालयहरुमा विदा दिइएको जनाएका छन् ।

त्यस्तै हल्दिवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाँईले पनि सूचना जारी गरी आज विदा दिइएको जनाएका छन् । दमकमा राप्रपाबाट निर्वाचित राम थापा मेयर छन् भने हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन राप्रपाकै हुन् ।

झापा गाउँपालिकाले भने हिजो चैते दशैंका दिन स्थानीय विदा दिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्