झापा, चैत्र १६ । वसन्त ऋतुको सगरमाथा आरोहणका लागि ३१ जनाले आरोहण अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार यो सिजनमा सगरमाथा चढ्न ४ टोलीका ३१ जना सदस्यले अनुमति लिएका हुन । जसमा ७ जना महिला छन् । हालसम्म १० वटा हिमालका लागि अनुमति जारी भएको छ । जसमा अन्नपूणर् र सगरमाथाबाहेक मनास्लुका लागि १५ , हिमलुङ हिमालका लागि १२ , पाङ्ग्री गोल्डुम्बाकालागि ६, बरुण र थोरोङ पीकका लागि ५/५ जनाले अनुमति लिएको विभागले जनाएको छ । नुप्त्सेका लागि ३, सुर्मासरोबारकालागि २ जनाले अनुमति लिएका छन् । सगरमाथामा जारी अनुमति मध्ये नेपालबाट १ समूहका १० जनाले अनुमति लिएका छन् । दोस्रो स्थानमा अमेरिकाका ८ जना छन् । चीनका ५ , अष्ट्रेलियाका र जर्मनीका २/२ , हंगेरी, सिंगापुर र दक्षिण अफ्रिकाका १/१ जनाले अनुमति लिएका छन् । सबै हिमालतर्फ अहिलेसम्म ३३ मुलुकका आरोहीले अनुमति लिएका छन्। जसमा सबैभन्दा धेरै नेपाली (३४ जना) छन् । दोस्रो स्थानमा अमेरिकी नागरिक १४ जना छन्। दक्षिण कोरियाबाट ९, भारत, चीन, क्यानडाबाट ८/८ जनाले अनुमति लिएको विभागले जनाएको छ । हिमाल आरोहणबाट सरकारले ४ करोड ९५ लाख ५ हजार ३७० रुपैयाँ रोयल्टी संकलन गरेको छ । रोयल्टी धेरै संकलन वसन्त ऋतुकै आरोहण सिजनमा हुन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्