झापा, चैत १७ । झापामा एसईई परीक्षाको पहिलो दिन १४५ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।
नियमिततर्फ १०४ र ग्रेडबृद्धितर्फ ४१ जना परीक्षार्थी परीक्षामा अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाइ झापाका फोकल पर्सन ओम राईले बताए । एसईईका लागि झापामा १५ हजार ८५८ जना परीक्षार्थीले फारम भरेका थिए ।