झापा,चैत २४ । बिर्तामोड नगरपालिका–२ चैतुवारीका स्व. काशीलाल राजवंशीकी दुई श्रीमतीको चार दिनको फरकमा निधन भएको छ ।

राजवंशीकी कान्छी श्रीमती सुन्दरवती राजवंशीको सोमवार दिउँसो ६१ वर्षको उमेरमा निधन भएको थियो । उनको तीन दिनको कर्म (तीन सिनान) सकेको भोलिपल्ट शुक्रवार साँझ ७ बजे काशीलालकी जेठी श्रीमती पानवती राजवंशीको करिव ८० वर्षको उमेरमा निधन भएको हो ।

सुन्दरवती क्यान्सर रोगले ग्रस्त थिइन् भने पानवती पनि केही महिनादेखि थलिएकी थिइन् । सुन्दरवतीको आफ्नै छोराको घरमा निधन भएको थियो भने पानवतीको बाह्रदशीको फूलवारीस्थित छोरीको घरमा निधन भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्