झापा, चैत २७ ।झापा बिर्तामोडका व्यवसायी तथा सामाजिक व्यक्तित्व सन्तोष अग्रवाललाई नेपाल चेम्बर अफ कमर्सले सम्मान गरेको छ ।

चेम्बर अफ कमर्सको ७२ र्औं साधारणसभाको अवसरमा चेम्बर अफ कमर्स कोशी प्रदेशका उपाध्यक्ष एवम् बिर्तामोडस्थित सन्तोष भेराइटिजका सञ्चालक अग्रवाल सम्मानित भएका हुन् । उनलाई काठमाडौंमा आयोजित साधारणसभामा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले कदरपत्र प्रदान गरे ।

मुलुकको जेठो व्यावसायिक संस्था चेम्बर अफ कमर्सको विस्तार र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै चेम्बर्सले कदरपत्रद्वारा सम्मान गरेको सम्मानित अग्रवालले बताए ।
झापामा चेम्बरको शाखा स्थापनामा अग्रवालको भूमिका रहेको थियो । उनी चेम्बर अफ कमर्स झापाको संस्थापक अध्यक्ष हुन् । रोटरी, रेडक्रस, लायन्सजस्ता सामाजिक संघ–संस्थामा उत्तिकै सक्रिय अग्रवाल सञ्चार उद्यमी पनि हुन् । बिर्तामोडमा विगतमा सञ्चालन रहेको न्यू मेची टाइम्स दैनिकका संस्थापक अग्रवाल लामो समयदेखि राजधानीका विभिन्न सञ्चारमाध्यममा आवद्ध थिए भने हाल दृश्य अनलाइन तथा टिभीका सञ्चालकको रुपमा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्