झापा , चैत्र २८ । तमोर नदीमा माझी युवाहरुले काठको डुंगा सञ्चालनमा ल्याएका छन् ।

त्यहाँ घुम्न आउने आन्तरिक पर्यटकलाई लक्षित गर्दै युवाहरूले यो डुंगा सञ्चालनमा ल्याएका हुन् । डुंगा पाँचथरको फिदिम नगरपालिका र तेह्रथुमको आठराई गाउपालिकालाई सिमाना छुट्याएर बग्ने माझीटारस्थित तमोर नदीमा सञ्चालन गरिन्छ । युवाहरूले फलेदोको काठबाट डुंगा बनाएका हुन् । जुन डुंगामा रङरोगन गरेर नेपाली झन्डा फहराइएको छ । यो डुंगा गत पुसदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । अहिले डुंगा चढ्न सार्वजनिक विदाको दिन दुई सय र अरु दिन ५० जनासम्म स्थानीय पुग्न थालेको सञ्चालकमध्येका एक प्रकाश माझी बताँउछन् । त्यहाँ आउनेहरू डुंगा सयर गर्दै टिकटक बनाउने, तस्बिर खिच्ने र भिडियो बनाउने गर्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्