झापा,चैत २९ । आज बिहान पूर्वी नेपालमा भूकम्पको झट्का महसुस गरिएको छ ।

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको हो । भारतको बिहार राज्यस्थित पूर्णिया जिल्लाको बनमनखी बजार आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएपछि नेपालमा पनि धक्का महसुस गरिएको हो ।

बिहान ५ बजेर ५० मिनेट जाँदा बनमनखी बजारबाट ८ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

त्यस्तै गोरखाको बलुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको बलुवा केन्द्रबिन्दु भएर मंगलबार साँझ ६ बजेर ५० मिनेट जाँदा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
पछिल्लो समय नेपालमा भूकम्प जानेक्रम बढेको छ । यसअघि दोलखा, ताप्लेजुङ र बाजुरालगायतका ठाउँमा भूकम्प गएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्