झापा, चैत ३० । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा झापाका हेमराज ढकाल निर्वाचित भएका छन्।

महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालका भाइ हेमराज उमेशलाल श्रेष्ठ प्यानलबाट चुनावी प्रतिस्पर्धामा थिए। उनले ६१ मत पााए।

ढकालका निकटतम् प्रतिद्वन्द्वी मनिषलाल प्रधानले ५३ मत ल्याएका छन् । उनी अन्जन श्रेष्ठ प्यानलबाट चुनावी प्रतिस्पर्धामा थिए। त्यसैगरी रामचन्द्र संघई प्यानलका सकुन्तलाल हिराचनले जम्मा ७ मत मात्र ल्याएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्