भद्रपुर, चैत ३० । विपि प्रतिष्ठान झापाले नयाँ वर्ष २०८० तथा सिरूवा पर्वको अवसर पारेर चन्द्रगढीमा शुभकामना आदानप्रदान गर्दै विपिको व्यक्तित्वमाथि चर्चा गरेको छ ।


प्रतिष्ठानका सभापति गोविन्द लम्सालको अध्यक्षता तथा नेपाली काँग्रेसका अग्रज नेता डिल्ली सिटौलाको प्रमुख आतिथ्यमा चन्द्रगढीमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले विपिको बहुमुखी व्यक्तित्व एकछिनमा पहिचान नहुने भन्दै विपिको आदर्श राजनीतिक संस्कार काँग्रेसले छोड्दै जाँदा देश समेत संकटको भुमरीमा फस्न लागेकोमा चिन्ता व्यक्त गरे।

यस्तै काँग्रेस झापाका पूर्व सभापति तथा संविधानसभा सदस्य सुधिरकुमार सिवाकोटीले आजको राजनीतिक विचलन रोक्न विपिको समाजवाद अपरिहार्य रहेको तर्क राखेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गोमाकुमारी भट्टराईले विपिको विचारबिना काँग्रेसको परिकल्पना नहुने भन्दै असल नेता बन्न विपिवाद आवश्यक रहेको प्रष्ट पारेकी थिइन् ।
काँग्रेस भद्रपुर सभापति तथा भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेल, दुर्गा पाञ्चायन मन्दिर भद्रपुर १० की कार्यवाहक अध्यक्ष सकुन्तला पोखरेल, सामाजिक अभियन्ता उत्तमकुमार राजवंशीलगायतले धारणा राख्दै विपि साहित्य र राजनीतिमा महत्वपूर्ण व्यक्तित्व रहेको विचार राखेका थिए । कार्यक्रमको सञ्चालन देवेन्द्र गौतमले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्