झापा, बैशाख १ । इलाम महोत्सवमा आज साँझ भागाभाग हुँदा १२ जना घाइते भएका छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2023/04/328472030_765365655107553_6398706735474367239_n-1024x461.jpg)
महोत्सवमा आज साँझ गायक प्रमोद खरेलको कन्सर्ट हेर्नका लागि अत्यधिक भीड भएका बेला भागाभाग भएको हो । राति साढे ८ बजेतिर कन्सर्ट हेर्नका लागि छिर्नेक्रममा गेटमा च्यापिएर १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए । घाइतेमध्ये १० जनाको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको र गंभीर अबस्थाका दुईजनालाई रेफर गरेर झापातर्फ पठाइएको डीएसपी बस्नेतले बताए । सो घटनापछि स्थितिलाई साम्य बनाई कन्सर्ट जारी राखेको उनले जानकारी दिए ।
![](https://pratidindaily.com/wp-content/uploads/2023/04/336665726_1310705319480569_4938398515711385609_n-1024x501.jpg)
![](https://pratidindaily.com/wp-content/uploads/2023/04/336674104_620615809929041_8738492494115867081_n-1024x530.jpg)
![](https://pratidindaily.com/wp-content/uploads/2023/04/336552806_250388590790592_8063495142049322353_n-1024x519.jpg)