बिर्तामोड, बैशाख २ । नयाँ वर्ष २०८० को अवसरमा युवा नागरिक समाज झापाले पहिलोपटक श्रीमतीहरुको भेला गराएको छ ।

पुरुषहरुले मात्र सबै ठाउँहरुमा अवसर पाएको गुनासो आएपछि युवा नागरिक समाजले बिर्तामोडमा प्रथम ऐतिहासिक श्रीमतीज्यू सम्मेलन आयोजना गरी श्रीमानहरुलाई आआफ्ना श्रीमतीहरुलाई कार्यक्रममा उपस्थित गराउन लगाएको हो ।

युवा नागरिक समाजका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पदाधिकारीहरु , सदस्यहरु , भद्रपुर नगर अध्यक्षलगायत आजीवन सदस्यहरु सोभित प्रसाई , किशोर भण्डारी , नितेश बस्नेत , घनश्याम अग्रवाल , भरत कँडेलको पनि उपस्थिति रहेको थियो ।कार्यक्रममा नयाँ वर्षको शुभकामना आदान प्रदान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्