झापा,बैशाख ३ । झापाका १५ पालिकामध्ये ९ पालिकाले आज सिरुवा पर्वको स्थानीय विदा दिएका छन् ।

आदिवासीहरुको महान पर्व सिरुवाको अन्तिम दिन आज रंग खलेर उनीहरु रंग सिरुवा मनाउँदैछन् । आदिवासी समुदायको सिरुवा पर्व र लोपोन्मुख मेचे समुदायको राष्ट्रिय बैशागु बथर पर्वलाई मध्यनजर भद्रपुर, हल्दिबारी, कचनकवल, बाह्रदशी, गौरीगञ्ज, गौरादह, कनकाई र बिर्तामोड नगरपालिकाले आज स्थानीय बिदा दिएका हुन् । ती पालिकाहरूले छुट्टाछुट्टै सूचना जारी गरेर आज कार्यपालिका, वडा कार्यालय, शैक्षिक संस्था, पालिकाअन्तर्गतका कार्यालयहरू बन्द रहने जानकारी गराएका छन् ।हिजो मात्र शिवसताक्षी नगरपालिकाले पनि सूचना जारी गरी आज सिरुवाको स्थानीय विदा दिएको छ ।

नयाँ वर्ष २०८० को सुरुवातसँगै आदिवासी समुदायको मुख्य चाड सिरुवा पर्व सुरु भएको छ । तराईका झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझी, हलुवाई, देशीनाई लगायतका आदिवासी जातिहरूले बैशाख १ गतेदेखि तीन दिनसम्म सिरुवा पर्व मनाइरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्