झापा , बैशाख ३ । पुलिस रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाण-पत्र प्रणाली’ मा समस्या आएको छ ।

शनिबारदेखि नै आएको समस्या समाधान हुन सकेको छैन । सिस्टम अपग्रेट गर्ने क्रममा समस्या आएको प्रहरी प्रवक्ता (एसएसपी) दीपेन्द्र जिसीले बताए । उनले भने, ‘नेटवर्किङका कारण समस्या आएको छ , आइतबार साँझसम्म समाधान हुन्छ ।’ नेटवर्किङमा आएको समस्याले ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीमा पनि समस्या देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्