झापा , बैशाख ३ । झापाको गौरादह १ मा एक महिलाको रहस्यमय मृत्यु भएको छ।
गौरादह नवदुर्गा पेट्रोल पम्पनजिक दुर्गा प्रसाईकी श्रीमती सुमित्रा प्रसाईले शनिवार साँझ झुन्डिएर आत्महत्या गरेको परिवारले बताएको छ।
ईलाका प्रहरी कार्यालय गौरादहका प्रमुख चन्द्रिकाकुमार श्रेष्ठले घटना आत्महत्या हुनसक्ने भएपनि त्यसै यकिन भन्न नसकिने बताए। मृतकले आफ्नै कोठामा गलामा पासो लगाएर झुन्डिएको परिवारले बताएपनि प्रहरी पुग्दा पासो काटिएको अवस्थामा रहेको उनको भनाई छ।
आफूहरुले मृतकलाई गलाको पासो काटिएको अवस्थामा फेला पारेर घटनाको बारेमा ईलाका प्रहरी कार्यालय दमकलाई खबर गरेको र त्यहाँको टोलीले प्रारम्भिक अनुसन्धान गरेको श्रेष्ठले बताए।
ईलाका प्रहरी कार्यालय दमकले घटना आत्महत्या हुनसक्ने तर पोस्टमार्टम रिपोर्ट नआई केही भन्न नसकिने जानकारी दिएको छ। स्पोर्टको प्रारम्भिक अनुसन्धान र परिवार , मृतकका दुईजना भाइहरु समेतको सोधपुछमा घटना आत्महत्या हुनसक्ने भएपनि फरेन्सिक जाँच गरेपछि मात्र घटनाको सत्यतथ्य आउने र अहिले अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ।