एजेन्सी । अमेरिकाको अलबामामा जन्मदिनको पार्टी भइरहेका बेला गोली चल्दा चार जनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् ।

डाडेभिल सहरमा एक किशोरको जन्मदिन मनाइरहेका बेला गोली चलेको बीबीसीले जनाएको छ । घटनास्थललाई प्रहरीले घेराबन्दी गरेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाको भर्सना गरेका छन् । कही वर्षयता अमेरिकाका विभिन्न सहरमा गोलीकाण्ड बढ्दै गएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्