झापा , बैशाख ४ । तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा मोरङको उर्लाबारीमा आइतबार साँझ पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत उर्लाबारी नगरपालिका-४ मा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १-०२-०४७ प १६४८ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर सुनसरीको बराहक्षेत्र नगरपालिका-८ चक्रघट्टीका ५६ वर्षीय लोकबहादुर परियारको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पैदल यात्रामा रहेका परियारलाई सडक पार गर्दैगर्दा साँझ ६ः२० बजेतिर मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि मदन भण्डारी ट्रमा सेन्टर मंगलबारे लगिएकोमा साँझ ७ः२० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका-५ का २२ वर्षीय प्रवीण श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्