झापा, बैशाख ४ । झापामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

महोत्तरी बर्दिवास नगरपालिका-५ बस्ने २९ वर्षीय कूलबहादुर विकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । कूलबहादुरले ती किशोरीलाई झापा मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारस्थित होटलमा गत चैत ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यसैगरी ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिबसताक्षी नगरपालिका-३ भोटेपुल बस्ने ६३ वर्षीय बलराम कामीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । कामीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्