बिर्तामोड , बैशाख ४ । नेकपा एमालेनिकट नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अध्यक्षमा युवराज निरौला निर्वाचित भएका छन् ।

नगर कमिटीको सोमबार बिर्तामोडस्थित अतिथि सदनमा भएको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा युवा व्यवसायी निरौला सर्वसम्मत चयन भएका हुन् । निरौला अघिल्लो कार्यकालमा नगर कमिटीको उपाध्यक्ष रहेका थिए । उनी लामो समयदेखि बिर्तामोडमा व्यवसाय गर्दै आएका छन् ।
त्यस्तै नगर कमिटीको उपाध्यक्षहरुमा गोमा भट्टराई र उपेन्द्र बानियाँ, सचिवमा केदार खनाल, सह–सचिवमा किरण पौडेल र कृष्णप्रसाद अधिकारी तथा कोषाध्यक्षमा अमित बुढाथोकी चयन भएका छन् ।
दुई वर्षे कार्यकाल रहने नगर कमिटीको सदस्यहरुमा तुलसी भण्डारी, मिना कट्टेल, माधव खरेल, सन्तोष उप्रेती, तुलसी पाठक, संजय शाह, शेखर दाहाल, इश्वर प्याकुरेल, हरि राजवंशी, गणेश कोइराला, राजन निरौला(युवराज) , युवराज गौतम, छविलाल नेपाल, कमला गौतम, सुष्मा गौतम चयन भएका छन् ।

अन्य ९ जना सदस्य कार्यसमितिले मनोनित गर्ने व्यवस्था रहेको बिर्तामोड नगर कमिटी संयोजक नारायण चिमरियाले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य तथा महासंघका अध्यक्ष लालप्रसाद (एलपी) साँवाले अधिवेशनको उद्घाटन गरेका थिए ।

नगर कमिटी अध्यक्ष विवेक निरौलाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि साँवा, कोशी प्रदेशसभा सदस्य एकराज कार्की, महासंघका झापा अध्यक्ष प्रल्हादमणी ओली, महासंघको कोशी प्रदेश अध्यक्ष गणेश बस्नेत, महासंघका केन्द्रीय सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली , बिर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेलगायतले शुभकामना मन्तब्य राखेका थिए । उपाध्यक्ष युवराज निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गोमा भट्टराईले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्