झापा, बैशाख ५ । झापाको कचनकवल गाउँपालिकाले ३८ जना करार शिक्षकलाई सेवाबाट निष्कासन गरेको छ ।

आजदेखि विद्यालयमा हाजिर हुन नदिनेगरी उनीहरुलाई सामूहिक रुपमा निष्कासन गरिएको हो ।गाउँपालिका कार्यालयले हिजो सूचना जारी गरी विभिन्न सामुदायिक विद्यालयहरुमा कार्यरत गाउँपालिका अनुदानका निजी शिक्षक , मावि कम्प्युटर शिक्षक , अनुदान शिक्षक तथा बाल शिक्षक एवं करार शिक्षकहरुलाई आजदेखि कामबाट निष्कासन गरेको जनाएको छ । गाउँपालिकाको गत पुष २२ गतेको बैठकले सो निर्णय गरेको थियो ।

निष्कासित हुनेहरुमा हरिशंकर गणेश , निमसरी राजवंशी , शिवनारायण राजवंशी , कैलाशकुमार राजवंशी , ममता सिंह , दिलिपप्रसाद राजवंशी , राजु हल्वाई , गुलाब हुसेन , तुलसा ढुंगेल , नविन खनाल , प्रमिला राजवंशी , कमला भट्टराई , दिलिप किस्कू , ललिता राजवंशी , सरस्वती राजवंशी , सावित्रा खनाल , सन्ध्यादेवी भण्डारी , अर्चनाकुमारी यादव , लोपनारायण राजवंशी , रेश्मा खातुन , श्रवणकुमार गणेश , आदित्य राजवंशी , सरस्वती सेलिङ, पवित्राकुमारी राजवंशी , पुजाकुमारी राजवंशी , नुसरत कमर , दरवारु राजवंशी , दिपक हल्वाई ,मनकुमारी दाहाल,अनिता गणेश , पुजाकुमारी गणेश , निलिमा राजवंशी , दिपा ढकाल , ललिता राजवंशी , मंगलु राजवंशी र राखिटा गणेश रहेका छन् । अघिल्लो गाउँपालिका अध्यक्ष अन्जरा आलमको कार्यकालमा नियुक्त भएका अधिकांशले शिक्षण अनुमतिपत्र नलिएको जनाइएको छ ।त्यस्तै योग्यता नपुगेको पनि जनाइएको छ । यसअघि गत वर्ष कचनकवल गाउँपालिका कार्यालयले ११ जना करार कर्मचारीलाई निष्कासन गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्