झापा, बैशाख ५ । हालै नोरा फतेहीको चर्चित डान्स ‘साकी साकी’ मा एक नेपालीले नाचेको भिडियो भाइरल बनेको छ ।

यो भिडियोले सामाजिक सञ्जालमा ३ करोड भ्युज पाएको छ । भिडियोमा ती व्यक्तिको उर्जा, एक्सप्रेशन र डान्स मुभलाई निकै रुचाइएको छ । यो डान्स भिडियोमा नोरा फतेहीसमेतले कमेन्ट पनि गरेकी छिन् । नोराको यो गीत २०१९ मा रिलिज भएको थियो । नोराले भिडियोमा मायाको इमोजीको साथ प्रतिक्रिया दिएकी छन् । भिडियोलाई सुस्मिता सेनले पनि लाइक गरेकी छिन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि यो भिडियोलाई निकै मन पराइरहेका छन् । एक प्रयोगकर्ताले यो भिडियोमा टिप्पणी गरेका छन्, ‘उमेर साँच्चै एउटा अंकमात्र हो।’ उही समयमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘सपनालाई पछ्याउने कुनै उमेर हुँदैन।’ यसै क्रममा एक प्रयोगकर्ताले लेखेका छन् – यदि उनको कपडा परिवर्तन गरियो भने उनी मूलधारका डान्सरभन्दा धेरै सुन्दर र हट देखिनेछन् । ’ओ साकी साकी’ कोइना मित्राको २००४ मा आएको फिल्म ’मुसाफिर’ को रिमेक संस्करण हो। यो गीत जोन अब्राहमको फिल्म ‘बाटला हाउस’ मा राखिएको छ । हालै नोराले अन्तर्राष्ट्रिय र्याहपर निक्की मिनाजसँग डर्टी लिटिल सेक्रेट गीतको लागि सहकार्य गरेकी छिन् । नोरा चाँडै कमर्शियल फिचर फिल्म र म्युजिक प्रोजेक्टमा पनि देखिनेछिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्