झापा, बैशाख ५ । नेपालमा कोरोना संक्रमणले भयावह रुप लिँदै गर्दा झापामा पनि संक्रमण बढ्दै गएको छ ।

दिन प्रतिदिन संक्रमितको संख्या थपिदै जानेक्रममा मंगलवार दुई बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा पिसिआर परीक्षण गराउँदा ३ महिना र ८ महिनाका दुई बालबालिकामा कोरोना संक्रमण देखिएको हो । ती बालबालिकाहरु मेचीनगर र हल्दिवारीको भएको अस्पतालका ल्याव इन्चार्ज जितेन्द्र झाले बताए । मंगलवार ८ जनाको पिसिआर परीक्षण गरिएको थियो । केही दिनअघि पनि बिर्तामोड र भद्रपुरका दुईजनालाई कोरोना देखिएको थियो ।

नेपालमा कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार कुल २ हजार २९२ जनामा परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । त्यसैगरी आईसीयूमा ८ जना र भेन्टिलेटरमा ४ जना कोरोना संक्रमित उपचाररत छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्