झापा , बैशाख ६ । वर्षको पहिलो सूर्यग्रहण भोलि लाग्दैछ ।
ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ । समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ । यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ । यो सूर्यग्रहण नेपालमा भने देखिने छैन । नेपालबाट ग्रहण नदेखिने भएकोले सुतक पनि लाग्दैन । वर्षको पहिलो ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिंगापुर, थाइल्याण्ड, अन्टार्कटिका, अस्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्यूजिल्याण्डमा देखिनेछ ।