झापा, बैशाख ६ । झापामा आज पनि दुई कोरोना संक्रमित थपिएका छन् ।
दिन प्रतिदिन संक्रमितको संख्या थपिदै जानेक्रममा बुधवार भद्रपुरका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ८ जनाले पिसिआर परीक्षण गराउँदा दुई पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यसअघि हिजो झापाका ३ महिना र ७ महिनामा दुई बालबालिकामा कोरोना देखिएको थियो । ती बालबालिकाहरु मेचीनगर र हल्दिवारीको भएको अस्पतालका ल्याव इन्चार्ज जितेन्द्र झाले बताए । मंगलवार पनि ८ जनाको पिसिआर परीक्षण गरिएको थियो । केही दिनअघि पनि बिर्तामोड र भद्रपुरका दुईजनालाई कोरोना देखिएको थियो ।




