एजेन्सी । चीनलाई पछि पार्दै भारत विश्वको सबैभन्दा जनसङ्ख्या भएको देश बनेको छ ।

संयुक्त राष्ट्रको आँकडा अनुसार भारतको जनसङ्ख्या अब १४२.८६ करोड छ । संयुक्त राष्ट्र विश्व जनसङ्ख्याका अनुसार १४२.५७ करोडको जनसङ्ख्यासहित चीन विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको दोस्रो बनेको छ । युनाइटेड नेशन्स पपुलेसन फन्ड (युएनएफपीए) को प्रतिवेदनका अनुसार भारतको एक चौथाइ जनसङ्ख्या १४ वर्ष मुनिका बालबालिकाहरू छन् , जनसङ्ख्याको १८ प्रतिशत १० देखि १९ वर्ष उमेर समूहका छन् र २६ प्रतिशत जनसङ्ख्या १० देखि २४ वर्ष उमेर समूहका छन् । जनसङ्ख्याको ६८ प्रतिशत १५ वर्षदेखि ६४ वर्ष उमेर समूहका र ७ प्रतिशत मानिस ६५ वर्षभन्दा माथिका छन् । विभिन्न एजेन्सीहरूको तथ्याङ्कलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले भारतको जनसङ्ख्या करिब तीन दशकसम्म बढ्ने अनुमान गरेको छ । त्यतिन्जेल भारतको जनसङ्ख्या आफ्नो चरम सीमा अर्थात १६५ करोडमा पुग्नेछ र त्यसपछि यो घट्न थाल्नेछ । विज्ञहरूका अनुसार बिहार र उत्तर प्रदेशमा सबैभन्दा युवा जनसङ्ख्या रहेको छ । ‘भारतको १.४ अर्ब जनसङ्ख्यालाई १.४ अर्ब मौकाको रूपमा हेर्नुपर्छ,’ भारतमा युएनएफपीएकी प्रतिनिधि एन्ड्रिया वोजनर भन्छिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्