झापा , बैशाख ७ । झापाको गौरादह– ४ मियाटोली निवासी कृष्ण ढुंगेलको घरमा आज दिउँसो आगलागी हुँदा करिव ३० लाखबरारको क्षति भएको छ ।

दिउँसो ३ बजे घरमा कोही नभएको बेला घरको माथिल्लो तलाबाट आगो सुरु भएको थियो । आगलागीबाट घर र घरभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

घरबाट मोटरसाइकल र ग्यास सिलिन्डर मात्र निकाल्न सफल भएको र अरु सबै जिन्सी, नगद, गरगहना ,धान चामल, भाडाकुडा, फर्निचरलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको जनाइएको छ । आगलागीबाट घरछेउको परालको कुन्युसमेत जलेर नष्ट भएको छ । गौरादह नगरपालिका ,कमल गाउँपालिका र दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।आगलागी बिद्युत् सर्ट भएर लागेको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्