झापा, बैशाख ७ । सप्तकोशी नदीमा डुबेका दमक र उर्लाबारीका दुई युवा अझै भेटिएका छैनन् ।

श्राद्ध गर्न परिवारका साथ धार्मिकस्थल बराहक्षेत्र गएका एक युवकको सप्तकोशी नदीमा डुबेर हिजो मृत्यु भएको थियो भने दुईजना बेपत्ता भएका थिए ।

सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक युवकको शव फेला परेको थियो । नदीमा बेपत्ता भएकामध्ये दमक– २ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थलनजिकै कोशीको भंगालोमा फेला परेको थियो । बेपत्ता रहेका मृतक नवीनका दाजु १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लावारी ७ का १८ वर्षीय राज गुरागाईँ अहिलेसम्म नभेटिएका हुन् । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको गोताखोर टोलीसहित स्थानीयहरूले बेपत्ता दुवै जनाको हिजोदेखि खोजी गरिरहेको भएपनि अहिलेसम्म फेला नपरेको आफन्तले जनाएका छन् ।

लक्ष्मी न्यौपानेका दुई छोराहरु नबीन, रुद्र र मावलीतर्फका राज सप्तकोशी नदीमा बिहान १०ः३० बजे परिवारसहित नुहाउने क्रममा बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र बराहवाहिनी सशस्त्र प्रहरी पकलीको गोताखोर टोलीले खोजतलासका क्रममा हिजो दिउँसो २ बजे नवीनको शब फेला पारेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्