झापा , बैशाख ९ । झापाको कचनकवल गाउँपालिकाले बैशाख १० गते आइतबार स्थानीय बिदा दिने निणर्य गरेको छ ।

गाउँपालिकाभित्र बसोबास गर्ने मुस्लिम समुदायहरूको महान पर्व ईद उल फित्रको अवसरमा गाउँपालिकाले आइतबार स्थानीय बिदा दिने निणर्य गरेको हो । गाउँ कार्यपालिकाको गत चैत २६ गते बसेको निणर्य अनुसार आइतबार कार्यपालिकाको कार्यालय तथा गाउँपालिका अन्तरगतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरू बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । मुस्लिम धर्मावलम्बीले एक महिना लामो रमादान पर्व (रोजा) पूरा गरी आज शनिबार ईद पर्व मनाइरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्