झापा , बैशाख ९ । कोशी प्रदेश नामकरणको माग गर्दै भएको आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बूको आज अन्त्येष्टि गरिँदैछ ।

एक महिनाअघि सुरक्षाकर्मीको लाठी प्रहारबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका सहिद लिम्बूको आज अन्त्येष्टि गरिन लागिएको हो । ‘पहिचानवादी आन्दोलन’ मा मृत्यु भएका लिम्बूलाई राजपत्रमा प्रकाशित गर्दै सहिद घोषणा गरिसकेको छ । सङ्घीय लिम्बूवान राष्ट्रिय मञ्चका सुनसरी अध्यक्ष अमर इजमले जानकारी दिए अनुसार झन्डै एक महिनादेखी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी हाउसमा राखिएको शवलाई याक्थुङ लिम्बू परम्पराअनुसार आज अन्त्येष्टि गर्न लागिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्