झापा, बैशाख १० । गत वैशाख ६ गते बिहान सप्तकोसी नदीमा नुहाउने क्रममा बेपत्ता भएका मोरङ उर्लाबारी बरगाछी निवासी राज गुरागाई र दमक निवासी रुद्र न्यौपानेको पनि शव हिजो भेटिएको छ ।

श्राद्ध गर्न परिवारका साथ धार्मिकस्थल बराहक्षेत्र गएका नवीन न्यौपानेको सप्तकोशी नदीमा डुबेर बुधवार मृत्यु भएको थियो भने रुद्र र राज बेपत्ता भएका थिए ।

सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एकजनाको शव फेला परेको थियो । नदीमा बेपत्ता भएकामध्ये दमक– २ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थलनजिकै कोशीको भंगालोमा फेला परेको थियो । बेपत्ता रहेका मृतक नवीनका दाजु १९ वर्षीय रुद्र र मोरङ उर्लावारी ७ का १८ वर्षीय राजको शव डुबेको ठाउँबाट झण्डै ८ किमि दक्षिण कोशीमा स्थानीयले हिजो भेटेका हुन्

तीन दिनपछि उनीहरुको शव भेटिएको हो । लक्ष्मी न्यौपानेका दुई छोराहरु नबीन, रुद्र र मावलीतर्फका राज सप्तकोशी नदीमा बुधवार बिहान १०ः३० बजे परिवारसहित नुहाउने क्रममा बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र बराहवाहिनी सशस्त्र प्रहरी पकलीको गोताखोर टोलीले खोजतलासका क्रममा बुधवार दिउँसो २ बजे नवीनको शब फेला पारेको थियो ।उनको शुक्रवार अन्त्येष्टि गरिएको थियो । रुद्र र राजको पार्थिव शरीरलाई दिउँसो १२ बजे कन्काई माईमा अन्तिम दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्